अक्षयले लिए २ हप्ताको सुटिङको लागि २७ करोड पारिश्रमिक



०९ साउन २०७७, काठमाडौँ

अक्षय कुमार बलिउडका सर्वाधिक पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन् । अफर आएका प्राय चलचित्र उनले छोडेका हुदैनन् । तर जुन चलचित्रमा पनि निकै नै मेहेनत गर्ने भएकाले उनलाई दर्शकले पनि औधी रुचाउने गरेका छन् ।

लकडाउनबिच नै अक्षय २ चलचित्र साइन गरिसकेका छन् । भारतमा पनि लगभग लकडाउन सकिसकेको छ । यसैबिच अगष्ट महिनामा अक्षय चलचित्र बेलबटम को छायांकनको लागि लण्डन जाने तयारीमा छन् ।

चलचित्रको मुख्य भूमिकामा भने अक्षय होइनन् । चलचित्रमा धनुष र साराअली खानको मुख्य भूमिका रहेको छ । चलचित्रमा अक्षय अतिथि भूमिकामा मात्र देखिनेछन् । अक्षयले उक्त चलचित्रको लगि २ हप्ताको समय दिनेछन् । २ हप्ता काम गरेको उनले २७ करोड पारिश्रमिक बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्