सीतापाइलामा २२ वर्षे युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ



०९ साउन २०७७, काठमाडौं

सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।

उनीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद छन्।

घटना घट्ने बित्तिकै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो।

प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।

अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार उनीहरूले पवित्राले अर्कै केटा मनपराएको कारण शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरेका थिए।

केटीले अर्को केटा मन पराएको हुदाँ त्यसकै रिसमा एसिड प्रहार गर्न लगाएको बयान दिएका छन्, एसएसपी थापाले भने,भारतीय नागरिक आलमका कामदार हुन्। उनलाई प्रहार गर्न लगाएका थिए।
एसिडले मुन्नाको हातमा समेत केही प्रतिशत जलेको छ।

प्रतिक्रिया दिनुहोस्