‘कृष ४’ मा चार भिन्न भूमिकामा देखिदैँ ऋतिक



०८ साउन २०७७, काठमाडौँ

कृष बलिउडको सफल चलचित्रमध्येको एक हो । कोई मिल गया बाट सुरु भएको कहानीलाई कृष ३ सम्म आइपुग्दा दर्शकले औधी रुचाएका छन् । लामो समयदेखि कृष ४ बन्ने चर्चा भैरहेको थियो तर चलचित्रको काम अगाडी बढ्न सकेको थिएन ।

अब भने कृष ४ बन्ने भएको छ । यसपटक ऋतिकले ४ भिन्न खालको भूमिका निभाउनेछन् । चलचित्रको कथा पनि अलि फरक खालको हुने बताइएको छ । हाल चलचित्रको प्रि प्रोडक्सनको काम भैरहेको छ ।

चलचित्रलाई ऋतिकका पिता अर्थात चर्चित निर्देशक राकेश रोशनले निर्देशन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्