संजनालाई कगंनाको प्रश्न : ‘सुशान्तमाथि बलात्कारको आरोप लाग्दा आफ्नो दोस्ती किन निभाइनौँ’ ?



०८ साउन २०७७, काठमाडौँ

कुनै समयमा सुशान्तलाई उनीसँग काम गरेकी नायिका संजना सांघीमाथि बलात्कार गर्न खोजेको आरोप लागेको थियो । त्यतिबेला उक्त समाचारले निकै नै चर्चा पायो । संजनाले पनि त्यसबेला केही बोलेकी थिइनन् ।

तर अहिले उनले सुशान्तले आफूमाथि कहिल्यै पनि दुव्र्यवहार गर्न नखोजेको बताएकी छिन् । उनले सुशान्त आफ्नो निकै राम्रो साथी भएको समेत बताएकी छिन् । यसबारे नायिका कगंना रनावतले आपत्ति जनाइन् ।

कगंना संजनाले पहिले सुशान्तमाथि आरोप लाग्दा नै यसबारे बोल्न नसकेको भन्दै उनीप्रति आक्रोशित भएकी हुन् । उनले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘थुप्रै खबरमा सुशान्तले संजनाको बलात्कार गरेको दाबी गरिएको थियो । यस्तो प्रकारको खबर त्यतिबेला आउनु साधारण भएको थियो, त्यतिबेला संजनाले यसबारे बोल्ने हिम्मत किन उठाइनन् रु जब सुशान्त जिउँदो थिए तब संजनाले आफ्नो दोस्तीको किस्सा यति तल्लीनताका साथ सबैलाई किन सुनाइनन् रु मुम्बई प्रहरी अनुसन्धान गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्