आज आफ्नो ३५ औँ जन्मदिन मनाउँदै अनूप, जन्मदिनको अवसरमा बाल आश्रमका बालबालिकाका लागि ८ थान ल्यापटप बाड्दै



०८ साउन २०७७, काठमाडौँ

अनूप विक्रम शाही निकै नै चर्चित नायक हुन् । नेपाली चलचित्र क्षेत्रमा उनको डिमाण्ड निकै हाई छ । आज उनै अभिनेता अनूप विक्रम शाहीको जन्मदिन रहेको छ ।

आज अनूप आफ्नो ३५ औँ जन्मदिन मनाउँदै छन् । सामाजिक सञ्जालमा फिल्मकर्मी र उनका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय अनुपले केही बच्चाको लालन–पालन र शिक्षा–दीक्षाको समेत जिम्मेवारी उठाएका छन् । कोरोनाका कारण जारी लकडाउनको समयमा उनले राजधानीको एक बाल आश्रममा आश्रित ३० जना बालबालिकालाई राहत बाँढेका थिए । आफ्नो जन्मदिनको अवसरमा उनले सोही आश्रमका बालबालिकाका लागि ८ थान ल्यापटप हस्तान्तरण गर्दैछन् ।

३५ लागिसकेका अनूप अझैसम्म अविवाहित छन् । विवाहबारे प्रश्न गर्दा उनले हाँस्दै भने, विवाहको लागि हतार छैन । उनले घरपरिवारले पनि विवाहको लागि त्यति फोर्स गरेका छैनन् । त्यसैले पनि उनी खुसी छन् । अनूपलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्