भाइलाई सम्झदैँ राजेश हमालले सेयर गरे बाल्यकालको यस्तो तस्बिर



०८ साउन २०७७, काठमाडौँ

हिजोमात्र अभिनेता राजेश हमालले उनका एकमात्र भाई राकेश हमाललाई गुमाए । कलेजोमा समस्या आएपछि राकेशलाई दिल्लीमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा नै उनको निधन भएको छ ।

राजेशले भाईलाई सम्झदैँ सामाजिक सञ्जालमा भाइको र उनको बाल्यकालको तस्बिर सेयर गरेका छन् । तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘गुड बाई डियर काकु । मे यु अलवेज फाइन्ड पिस ।’ अर्थात् अलविदा प्रिय काकु ।  राजेशले बाल्यकालका हरेक कुरा सम्झिएका छन् । उनले खेलेका हासेका लगायतका तस्विर सेयर गरेका छन् । राजेश र उनका भाई राकेश डेढ बर्ष मात्र जेठा कान्छा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्