सरकारलाई पूजाको प्रश्न- ‘के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो’ ?



०७ साउन २०७७, काठमाडौँ

मगंलबार बेलुकाबाट सरकारले पूर्ण रुपमा लकडाउन सकिएको घोषणा गरेको छ । तर केही क्षेत्रहरु भ्ने अझै पनि नखुल्ने बताइएको छ । विगत ४ महिनादेखि फिल्म क्षेत्र ठप्प भएको छ ।

प्रदर्शनको तयारीमा रहेका देखि छायांकनमा रहेका सबै चलचित्रको काम रोकिएको अवस्थामा अझै केहीसमय फिल्म क्षेत्र नखुल्ने भनेपछि केही कलाकारले यसबारे प्रश्न उठाउन थालेका छन् ।

नायिका पूजा शर्माले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे आफ्नो भनाइ राखेकी छिन् । उनले लेखेकी छिन्, ‘चलचित्र क्षेत्र चलायमान गर्न हामी कती गम्भिर छौ रु बजार खुलिसके, यातायात खुलिसके, सरकारले एक प्रकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ तर न त सरकार न त चलचित्र क्षेत्रका नेतृत्व वर्ग अब चलचित्र क्षेत्र सुचारु गर्ने तत्परतातर्फ अग्रसर देखिएका छन् । के भारतको चलचत्रि क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो रु’

उनले सरकारलाई भारतीय चलचित्र खोलेपछि मात्र नेपाली चलचित्र क्षेत्र खुल्नुपर्ने हो भन्दै प्रश्न गरेकी छिन् । पूजाको प्रश्नमा धेरैले सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्