कगंनाले विदेशी नायिका भनेपछि आक्रोशित हुदैँ ज्याकलिन र आलियाले दिए यस्तो जवाफ…



०७ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेत्री कगंना रनावत आफ्नो मनमा लागेका कुरा निर्धक्क भएर राख्ने गर्छिन् । जसका कारण उनी धेरैपटक ट्रोलको शिकार हुनु परेको छ । झन् सुशान्तको सुसाइडपछि त उनले बलिउडर्मीमाथि निकै नै आक्रोश पोखिरहेकी छिन् ।

उनले केहीसमय अघि आलियाले अवार्ड लिन कहिल्यै लाज नमान्ने भन्दै उनको विरोध गरेकी थिइन् । अहिले फेरि उनी आलिया सहित ज्याकलिन र कट्रिनामाथि पनि खनिएकी छिन् । उनी यी नायिकाहरुलाई विदेशी भएको बताएकी छिन् ।

उनले भारतीय दर्शकको पनि आफूलाई आश लाग्न छोडेको समेत बताएकी छिन् । हालै दिएको एक अन्तवार्तामा उनले भनेकी छिन्, ‘भारतीय दर्शकलाई भारतका प्रतिभाहरुमा खासै मन जाँदैन । केही फ्यान त यस्ता छन् कि जो विदेशी नायिकाको तारिफ गर्नमा व्यस्त रहन्छन् । आलिया भट्ट, कट्रिना कैफ, ज्याकलिन फर्नान्डेज जस्ता नायिकालाई मन पराउने दर्शकलाई आफ्नो भाषा र रंग मन पर्दैन । यहाँ दशकौदेखि खानहरुको राज चल्दै आएको छ यसकारण मलाई दर्शकसँग कुनै आशा पनि छैन ।’

ज्याकलिन र आलियाले घुमाउरो शैलीमा कगंनालाई गतिलो जवाफ दिएका छन् । ज्याकलिनले कगंनालाई जवाफ दिदैँ भनेकी छिन्, ‘पहिला म यस्तो परिस्थितीमा आफ्नो नाम बचाउन चाहन्थेँ । तर, अब म आफ्नो शान्ती बचाउन चाहन्छु । जसलाई जे सोच्नु छ सोचे हुन्छ ।’

यस्तै, नायिका आलिया भट्ट लेख्छिन्–‘कसैले विश्वास नगरेपनि सत्य कुरा सत्य नै हुन्छ । जबकी, झुटो कुरा सबैले विश्वास गरेपनि झुटो नै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्