पहिलो पटक पर्दामा एकसाथ देखिदैँ प्रभाष र दिपिका



०७ साउन २०७७, काठमाडौँ

साउथ स्टार प्रभास पछिल्लो समयको निकै डिमाण्डेड अभिनेता हुन् । उनको डिमाण्ड साउथमा मात्र नभएर बलिउडमा पनि निकै नै बढ्दै गएको छ । केहीसमय अघि उनी अभिनीत बलिउड चलचित्र साहो प्रदर्शनमा आएको  थियो । जहाँ उनको जोडी नायिका श्रद्धा कपुरसँग बाधिएको थियो ।

अब फेरि प्रभास बलिउड चलचित्रमा देखिने भएका छन् । यसपटक उनीसँग बलिउडकी चर्चित नायिका दिपिका पादुकोणले काम गर्ने भएकी छिन् । यी दुईलाई एकसाथ पर्दामा ल्याउने तयारी निर्देशक नाग अश्विनले गरिरहेका छन् ।

चलचित्र तेस्रो विश्वयुद्धको कथामा आधारित हुने बताइएको छ । यो चलचित्र २०२२ मा रिलिज गर्ने निर्माणपक्षले बताएको छ । दिपिका र प्रभाषका फ्यान उनीहरुलाई एकसाथ पर्दामा हेर्न आतुर भैरहेका छन् । दर्शकको त्यो इच्छा चाडै नै पुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्