मापदण्ड विपरीत गिट्टी लोड गर्ने टिप्पर प्रहरी नियन्त्रणमा



३१ असार २०७७, काठमाडौं

सिरहाको कल्याणपुर नगरपालिका–११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको टिप्पर नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएका टिप्पर आवश्यक कार्वाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहा कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस्तै बिनामास्क लगाएर हिँड्डुल गरिरहेका २५ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कार्वाही गरेको छ । सो क्रममा मास्क नलगाई हिँड्डुल गर्ने २९७ जनालाई पहिलो पटकका लागि सम्झाई–बुझाई घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्