राजेश हमालको आग्रह : ‘दिपाश्रीलाई माफ गरिदिनुस्’



३१ असार २०७७, काठमाडौँ

राजेश हमाल र दिपाश्री निरौलाको विवादले यतिबेला फिल्मक्षेत्र निकै नै तातेको छ । दिपाले एक अन्तवार्तामा राजेश हमालको महानायकको उपाधीमाथि प्रश्न गरेकी थिइन् । जसका कारण दर्शकले उनलाई निकै नै गाली गरे ।

यतिका दिनसम्म चुप रहेका हमाल अन्ततः  यस विषयमा बोलेका छन् । उनले फेसबुक लाइभमा आएर आफ्ना भनाइहरु राखेका छन् । हुन त राजेश हमाल सधैँ नै सकरात्मक सोच राख्ने व्यक्ति हुन् । उनको त्यहि सकरात्मक सोच र सालिन व्यवहारका कारण दर्शकको सधै नै प्रिय छन् ।

उनले दर्शकलाई दिपालाई अब धेरै गाली नगर्न आग्रह गरेका छन् । उनले अहिले देश समस्यामा परेकाले सबैले सकरात्मक सोच्न आवश्यक रहेको बताए । साथै उनले आफ्नै सिने क्षेत्रमा एकअर्काले यसरी आरोप प्रत्यारोप लगाउनु उचित नभएको बताएका छन् ।

उनले भने, दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’ यो कला क्षेत्र हामी कोहीको मात्र पनि होइन, दर्शकको पनि हो । मैदानमा हामी उत्रन्छौ, हामी मिहिनेत गर्छौ । तर, यसको पछाडि उर्जा दर्शकबाटै प्राप्त हुन्छ । तपाइहरुको भूमिका हाम्रो कला र सिर्जनामा अत्यन्तै ठूलो छ ।’

प्रतिक्रिया दिनुहोस्