दिपापछि विवादमा तानिदैँ निश्चल, यस्तो छ कारण



३० असार २०७७, काठमाडौँ

लकडाउनको समयमा सबैजना फुर्सदमा छन् । तर यसको प्रत्यक्ष असर केही फिल्मकर्मीलाई परिरहेको छ । ३ बर्ष अगाडीको अन्तवार्ताको सानो क्लिप भाइरल हुदाँ नायिका सुष्मा कार्की निकै विवादमा तानिएकी थिइन् ।

त्यस्तै महानायक राजेश हमालमाथि प्रश्न गर्दा दिपाश्री निरौला विवादमा तानिइन् । उनलाई त अझै पनि दर्शकले गाली गरिरहेका छन् । यस्तै यहि बेला करिब ५ बर्ष अगाडी दिएको अन्तवार्ताको एक क्लिप भाइरल भएपछि निर्देशक तथा कलाकार निश्चल बस्नेत पनि विवादमा तानिएका छन् ।

धमलाको हमला कार्यक्रममा हिमालयन टेलिभिजनमा प्रसारण भएको र युट्युवमा सन् २०१५मा राखिएको भिडियो आज आएर भाइरल भएको छ।

उक्त क्लिप्समा नेपालमा कोही पनि स्टार कलाकार नभएको बताएका छन् । राजेश हमाल, भुवन केसीको नाम मुछेर बोलेको भन्दै अगिल्लो पुस्ताका निर्माता निर्देशकले हिलो छ्याप्न सुरु गरेका छन्।

दीपाश्री निरौलाको स्थिति सामान्य हुन नपाउदै निश्चल माथि कलाकर्मी नै खनिन सुरु गरेका छन् । मौनता श्रेष्ठ, श्याम भट्टराई लगायतले सामाजिक संजाल मै पोष्ट गरेर उनलाई नराम्रो बनाउन लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्