फिल्मको पारिश्रमिक अझै नपाएको गुनासो पोख्दै पलले भने, ‘केही मानिसलाई लाज पचाउने बानी परिसकेको छ’



३० असार २०७७, काठमाडौँ

अभिनेता पल शाहले केहीसमय अघि सामाजिक सञ्जालमार्फत आफूले चलचित्रमा काम गरेको पारिश्रमिक नपाएको भन्दै गुनासो पोखेका थिए । उनले सबैलाई के तपाईले चलचित्रमा काम गरेको पारिश्रमिक समयमै पाउनु भएको छ ? भनेर प्रश्न गरेका छन् ।

उनले अहिले पनि पारिश्रमिक नपाएको भन्दै गुनासो पोखेका छन् । उनले केही मानिसलाई लाज पचाउने बानि परिसकेको समेत बताएका छन् ।

पलले अहिले मान्छेलाई पारिश्रमिक दिनपर्छ भन्ने नै छैन,  उनीहरु लाज पचाएर बसेको तर्क दिएका छन् । पलले भनेका छन् , ‘मनमा घृणा छ, पाप छ उ कहिले पनि सफल हुन सक्दैन ।’ फिल्म ‘नाई नभन्नु ल ४’बाट डेव्यु गरेका पलले फिल्म भन्दा बढि म्युजिक भिडियोमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्