होम क्वारेन्टिनमा बलिउड अभिनेत्री रेखा, घर पनि सील



३० असार २०७७, काठमाडौँ

बलिउड अभिनेत्री रेखाको मुम्बईस्थित घरलाई पुरा सील गरिएको छ । वास्तवमा रेखाको घरमा काम गर्ने ३ जना कामदारमा कोरोना पोजेटिभ देखिएपछि उनको घरलाई सील गरिएको हो ।

हाल उनी होम क्वारेन्टिनमा छिन् र उनलाई केही समयसम्मको लागि क्वारेन्टिनमै रहनको लागि आग्रह गरिएको छ ।

रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएको पत्ता लागेपछि बृहन्मुम्बई नगर निगम ९बीएमसी० ले शनिबार यो बंगलालाई सील गरेको छ । बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्