गरिबको घरको चुलो बने वडाध्यक्ष श्रेष्ठ



काठमाडौं । लकडाउनले यतिबेला सारा बिश्वलाई बाँधेर राखेको छ । यस्तो बेलामा हरेक गरिब अनि दिन दुखीको लागी बिहान न बेलुका के खाँउ भन्ने अबस्था सिर्जना भएको छ । यस्तो बेलामा कर्मचारीहरुले निकै राम्रोसंग खट्नुपर्ने हुन्छ ।

गरिब का ढोकामा गएर गरिबको घरको चुलो बले नबलेको अबलोकन गर्नुपर्नै हुन्छ । हाम्रो देश नेपालमा पनी लकडाउनको समस्या जस्ताको तस्तै छ । यो बेलामा कर्मचारीहरु सबै कोरोनासंग डराएर घरमै बसिरहेका छन् । केहि केहि कर्मचारीले काम राम्रोसंग गरेता पनी धेरै कर्मचारीहरु सुतेर बसेको अबस्थामा बुढानिलकण्ठ वडा नं ३ को वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ भने दिन को २ घण्टा मात्र सुत्छन् ।

उनको बाँकि सबै समय आफ्नो वडामा कस्को घरमा चामाल सकिएको छ , कस्को घरमा खाना पकाउन को लागी ग्यास सक्किएको छ । कुन बिरामी को औषधि सक्किएको छ भन्नमै ब्यस्थ छन् ।

बालकृष्णले तेतिमात्र होईन उनले हरेक गरिब अनि दुखीको लागी बिहान बेलुकाको खानासमेत खुवाउँछन् । सुत्केरी महिला हरुको लागी आवाश्यक पर्ने पोष्टिक तत्व र बच्चा हरुको लागी आवाश्यक खाद्यन्न को व्यबस्था गरिरहेका छन् । बालकृष्णले तेतिमात्र होईन, उनले काठमाण्डौ उपत्यका भित्र भर नै कोहि कसैलाई आवाश्यकता पर्दा घर मै गएर खाद्यन्न को समेत बेबस्था गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्