मूल सडककाे दुई किनारमा ह्याङ्गिग गमला राख्दै वडाध्यक्ष बालकृष्ण श्रेष्ठ



२५ असार २०७७, काठमाडौं

वातावारण संरक्षण तथा शहरी सौन्दर्यका लागि बूढानीलकण्ठ नगरपालिका वडा नं- ३ को मूल सडककाे दुई किनारमा ह्यांङ्गिग गमला राखिएको छ।

वडा नं ३ को बूढानीलकण्ठ सडक देखि मिलन चोक हुँदै मन्दिर वरिपरि र पछि मुहान पोखरी सम्म २५० वटा गमला राख्दै सो क्षेत्रको सौन्दर्यका अभियान शुरु गरिएको अध्यक्ष बालकृष्ण श्रेष्ठले बताएका छन।

नगरपालिकाको नामकरण गरिएको बूढानीलकण्ठ मन्दिर क्षेत्र रहेको वडा नं ३ ले अन्य क्षेत्रमा पनि यो अभियान संचालन गर्ने जानकारी दिएको छ। अन्य वडामा पनि यस्तै गरि सौन्दर्य बढाउन सकिने पनि उनले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्