मलेसियाबाट सम्पन्न भएका पहिलो चरणका चार्टर उडान सम्बन्धी जानकारी



२९ असार २०७७, काठमाडौं

कोभिड १९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजिकरण गर्न सञ्चालन भएका पहिलो चरणका उडानहरु सम्पन्न भएका छन् ।

१८ जुन २०२० मा पहिलो उडान भएको क्वालालम्पूरबाट नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरका  फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फकिएका छन् ।

मलेसिया बाहेक ईण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएका हुन् । फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली नागरिकहरुसहित हिमालय एयरलाईन्स १२ जुलाई २०२० मा नेपाल फर्किएको हो ।

क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेलरडिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्किएका हुन् । यसैगरी यी उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्