बूढानीलकण्ठ ५ द्वारा महिला समुहका किसानहरुलाई बाख्रा वितरण



३१ जेठ २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं ५ का महिला किसानहरुका लागि बोयर जातका बाख्रा वितरण गरिएको छ। वडा नं ५ को युवा उद्यमशील तालिम तथा साझेदारी कार्यक्रम अन्तरगत ति बाख्राहरु सोहि वडाको चिसेनी महिला समुहलाई वितरण गरिएको हो।

उक्त महिला समुहका महिलाहरुलाई आयश्रोत तथा आत्मनिर्भर बनाउनका लागि पशुपालन क्षेत्रमा प्रोत्साहन स्वरुप सहयोग गरिएको हो। बाख्राहरुको हस्तान्तरण बूढानीलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा देवी राईद्वारा सो महिलाहरुलाई सहयोग गरिएको थियो।

नेपाल सरकारद्वारा घोषणा गरिएको बजेट कार्यक्रममा समेत कृषिलाई प्रमुख प्राथमिकता दिइएको र यसै सिलसिलामा वडाका किसानहरुको आयआर्जन बृद्धि देखि आर्थिक अवस्थामा समेत सुदृढिकरण गर्दै लैजानका लागि सहयोग गरिएको उपप्रमुख राईले बताउनुभएको। साथै यस आर्थिक वर्षको आगामी नीति तथा योजना कार्यक्रमहरु कृषि तथा उत्पादन केन्द्रित रहेर तयारी गरिने समेत उपप्रमुख राईले जानकारी प्रदान गर्नुभयो।

उक्त महिला समुहका सदस्यहरु करिव २९ जना महिलालाई बाख्रा गरिएको वडा ५ का वडा अध्यक्ष विजय तामाङ्गले जानकारी प्रदान गर।नुभएको छ। साथै कार्यक्रममा बू.न.पा वडा ५ का अध्यक्ष विजय तामाङ्ग का साथै वडा सदस्य हेव्सिवा तामाङ्गको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्