चिनियाँ सहयोगमा प्राप्त मास्क गृहमन्त्रीद्वारा प्रहरी प्रमुखहरूलाई हस्तान्तरण



२९ असार २०७७, काठमाडौं

बागमती प्रदेशका गृहमन्त्री शालिकराम जमरकट्टेललाई नेपाल प्रवासी चिनियाँ व्यापार संघद्वारा सहयोग प्राप्त मास्क नेपाल प्रहरी प्रमुखहरुलाई हस्तान्तरण गरेका छन् ।

उनलाई गत शनिबार एक कार्यक्रमका बिच चिनियाँ व्यापारीहरुले ७५ सय थान हेड कभर र ५ हजार थान मास्क हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममै गृहमन्त्री जमरकट्टेलले प्राप्त मास्क प्रदेशका सुरक्षाकर्मीलाई वितरण गर्ने जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस् : 

चिनियाँ व्यापार संघद्वारा गृहमन्त्री जमरकट्टेललाई स्वास्थ्य सामग्री हस्तान्तरण

चिनियाँ व्यवसायीको सहयोगमा बागमती प्रदेशका संचारकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्