‘जीवनभर राजेश हमालाई गाली गर्नेहरु अहिले उनकै पक्षमा उभिएर हामीलाई गाली गरिरहेका छन्’ : दिपकराज गिरी



को २९ असार २०७७, काठमाडौँ

दिपाश्री निरौला र दिपकराज गिरीलाई अहिले पनि दर्शकले गाली गर्न छोडेका छैनन् । एक अन्तवार्तामा दिपाले राजेशको महानायकको उपाधीमाथि प्रश्न उठाएपछि विवादमा परेकी दिपालाई बचाउन फेसबुकमा स्टाटस लेख्दै दिपक आएका थिए ।

उनी पनि विवादमा तानिए । धेरै गाली खाएपछि अहिले दिपकले फेसबुक लाइभमा आएर दिपकलाई महानायक होइन भन्ने अधिकार आफूमा नभएको बताए । साथै उनले दिपाले भन्न खोजेको कुरा स्पष्ट पार्न नजान्दा उनको बोली चिप्लिएको बताए ।

उनले दिपाले त्यस्तो भन्न नहुने समेत लाइभमा बताए । तर उनले गाली गर्ने दर्शकप्रति गुनासो पनि पोखेका छन् ।

दीपकले आफूहरुलाई प्रहार गर्नेमध्ये ७५ प्रतिशत फेक आइडी रहेको समेत बताएका छन् । प्रश्न गर्दै उनले भनेका छन्–‘के तपाइले आफ्नो दिदी बहिनीको बिषयमा पनि यस्तै शब्द प्रयोग गर्न सक्नुहुन्छ ।

तपाइको दिदी बहिनी पनि कुनै केटा साथीसँग काम गर्नुहुन्छ, के उहाँलाई पनि तपाई दिपाश्रीलाई प्रयोग गरे जस्तै शब्द प्रयोग गर्नुहुन्छ त रु’

दिपकले फरक मत राख्न नदिएर हामी कस्तो समाजको निर्माण गरिरहेका छौ भनेर प्रश्न गरेका छन् ।

जीवनभर राजेश हमाललाई गाली गर्नेहरु पनि अहिले आएर राजेश हमालको पक्षमा देखिएको भन्दै उनले यो आफूहरुमाथिको प्रहार भएको बताएका छन् । उनले यस्ता मानिसहरुलाई ‘अलिकती लाज राख्न’ पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्