अमिताभ र अभिषेकपछि ऐश्वर्या र उनकी छोरी आराध्याको पनि कोरोना रिपोर्ट पोजेटिभ



२८ असार २०७७, काठमाडौँ

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन र उनका छोरा अर्थात बलिउडका चर्चित अभिनेता अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

अमिताभ र अभिषेकसँगै ऐश्वर्या र उनकी छोरी आराध्याको पनि कोरोना रिपोर्ट पोजेटिभ नै आएको छ । हालसम्म होम क्वारेन्टाइनमा रहेका उनीहरु अब नानावती अस्पतालमा भर्ना हुनेछन् ।

आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायक अभिषेक बच्चनले यो परिस्थितिमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्