व्यायाम व्यवसायीको संघ गठन



२८ असार २०७७, काठमाडौं

काठमाडौंका व्यायाम व्यवसायीको भेलाले व्यायाम व्यवसायी संघ, काठमाडौं गठन गरेको छ । काठमाडौंमा रहेका करिब २ सय ५० व्यायाम व्यवसायीहरुको भेलाले सुरेश सुवेदीको अध्यक्षतामा संघ गठन गरेको बताइएको छ । सुवेदी काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष हुन् । सुवेदी खिचापोखरी र थापाथलीस्थित फिट्नेस गराजका सञ्चालक पनि हुन् ।

व्यायाम व्यवसायीहरुलाई एकजुट बनाइ व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको सुवेदीले जनाएका छन् । सरकारले अनुमित दिए विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुरक्षा मापदण्ड अनुसार सम्पूर्ण सुरक्षा संयन्त्र अपनाइ व्यवसायी सञ्चालन गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए ।

नवगठित संघको उपाध्यक्षत्रयमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले, सचिवमा जगन्नाथ अधिकारी, उप–सचिवमा विजयत्त्तम रत्न वज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सह–कोषाध्यक्ष श्रीकृष्ण अधिकारी रहेका छन् । सदस्यहरुमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देविका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा छन् ।

प्रतिक्रिया दिनुहोस्