अमिताभसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना



२८ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । अमिताभसँगै उनका छोरा अर्थात बलिउडका चर्चित अभिनेता अभिषेक बच्चनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

अभिषेकले ट्वीटरमार्फत यस कुराको जानकारी दिएका छन् । अभिषेक बच्चनले आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।

उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्