दिपाको समर्थन गर्दै प्रियंकाले भनिन्, ‘आफूलाई चित्त नबुझेको कुरा भन्ने अधिकार सबैलाई छ’



२७ असार २०७७, काठमाडौँ

महानायक विवादमा तानिएकी दिपाश्री निरौलाको समर्थनमा नायिका प्रियंका कार्की उत्रिएकी छिन् । यत्तिका दिनसम्म चुप बसेकी प्रियंकाले आफूलाई चित्त नबुझेको कुरा राख्ने अधिकार सबैमा भएकाले दिपाको कुरालाई सकरात्मक रुपमा लिइदिन सबैलाई अनुरोध गरेकी छिन् ।

उनले भनेकी छन्, ‘दीपाश्री लगायत हामी सबै तपाईंहरुबाट सिक्न चाहन्छौ । तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाई हौसला दिनु हुन्छ , हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्यसैगरि, हामीबाट केही गल्ती भएमा हामीलाइ सच्याउने मौका दिनुहुने छ । हामीलाई सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाई छ । ’ उनले दर्शकले दिएको हरेक कुरालाई सकारात्मक तरिकाले लिने बताएकी छन् । दर्शकले दिएको सुझावलाई सम्मान  गर्ने बताएकी छन् ।

अभिनेत्री प्रियंकाले सबै कुरा सच्याउन तयार रहेको बताएकी छन् । तर गल्ती सच्याउने क्रममा अश्लिल गाली, गलौच र चरित्र हत्या नगरिदिन आग्रह गरेकी छन् । पछिल्लो समय  केहि मान्छेहरुले निर्देशक दीपाश्रीलाई सामाजिक सञ्जालमा हरेक गाली गर्दै आइरहेका छन् ।  कसैलाई अपाच्य हुने शब्द प्रयोग भइरहेको अवस्थामा अभिनेत्री प्रियंकाले गलत बोली र तर्कका कारण चरित्रमै दाग नलगाइदिन अनुरोध गरेकी छन् । उनले सबैलाई सम्झाउँदै भनेकी छन्, ‘हाम्रो आफन्त, आफ्नै छोरा छोरीले केही गल्ती गर्दा हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ र रु गर्दैन्नौ नि ।’ भन्दै सबैलाई प्रश्न गरेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्