नेपाली नायिका मरिस्का पोखरेलको अभिनय रहेको बलिउड चलचित्र ‘यारा’ को टिजर रिलिज



२६ असार २०७७, काठमाडौँ

मरिस्का पोखरेलले चलचित्र के म तिम्रो होइन र बाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् । उनी नेपाली चलचित्रमा लगातार काम गरिरहेकी छिन् । तरपनि सोचेजति सफलता पाउन भने सकेकी छैनन् । चलचित्र नभएपनि उनलाई म्यूजिक भिडियो चाहि राम्रोसँग फापेको छ ।

उनै नायिकालाई अब दर्शकले बलिउड चलचित्रमा पनि देख्न पाउने भएका छन् । मरिस्काको अभिनय रहेको हिन्दी चलचित्र यारा को अफिसियल टिजर रिलिज भएको छ । तर टिजरमा मरिस्कालाई जम्मा १ सेकेण्ड मात्र स्थान दिइएको छ ।

१ सेकेण्ड नै देखिएको भएपनि मरिस्का यसमा निकै नै खुसी छिन् । उनले यस चलचित्रको लागि आफूले निकै नै मेहेनत गरेको बताएकी छिन् ।

उनले फेसबुकमा गएको पाँच वर्षदेखि आफू यो पलको प्रतिक्षामा रहेको बताएकी छन् । ‘यारा’ मा निभाएको चरित्रका लागि आफू अडिसनबाट छानिएको उनले उल्लेख गरेकी छन् । टिजरमा आफूलाई स्थान दिएकोमा निर्माण टिमलाई धन्यवाद दिँदै उनले यो फिल्म आफ्नो लागि निकै महत्त्वपूर्ण रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘५ वर्ष अगाडि जब मैले २ वटा मात्र फेशन शो गरेको थिएँ, क्यामेराको कुनै अनुभव थिएन । आमाको सहयोगले मैले फिल्मको अडिसन दिएँ र तीन दिनपछि मलाई यो भूमिकामा छानिएको भनेर फोन आएको थियो । त्यसबेला मेरो खुसीको कुनै सीमा थिएन । यो प्रोजेक्ट मेरो लागि निकै महत्त्वपूर्ण छ । म विहानदेखि घरभन्दा बाहिर खुसीले उफ्रिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्