मधेसीहरुलाई होच्याएको आरोपमा मुद्धा परेपछि भावुक हुदैँ सन्दिपले मागे माफी



२६ असार २०७७, काठमाडौँ

चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीले उनको कार्यक्रम ह्वाट द फ्लप मार्फत मधेसीहरुको अपमान गरेको भन्दै उनीविरुद्ध मुद्धा परेको छ । हुन त पहिले पनि एकपटक यसै कार्यक्रमका कारण सन्दिप विवादमा तानिएका थिए ।

तर मुद्धा भने परेको थिएन । सन्दिपले हिजो प्रशारित आफ्नो कार्यक्रम मार्फत सबै मधेसी समुदायका मानिससँग माफी मागेका छन् । उनले मिठाइलाल यादवको क्यारेक्टर आफूले शुद्ध मनोरञ्जनको लागि मात्र गरेको बताएका छन् ।

उनले मधेसीको आफूले पनि सम्मान गर्ने भएकाले उनीहरुलाई होच्याउने आफ्नो कुनै मनशाय नरहेको पनि स्पष्ट पारेका छन् ।

बिहिबार राती कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममार्फत प्रस्तोता क्षेत्रीले भनेका छन्, ‘यो कार्यक्रमलाई हामीले यहाँसम्म ल्याइ पुर्याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ । तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ह्वाट द फ्लप तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार छन् ।’

‘मैले पछिल्लो समयमा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाएँ । त्यो खबर थाहा पाइसकेपछि म पनि मर्माहत भएको छु । त्यो मेरो आफ्नो समुदाय हो । र मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइ सकेपछि मेरो मन दुःख्नु स्वभाविक हो । हुन त मेरो उद्देश्य त्यो कदाचित होइन, त्यही पनि यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ह्वाट द फ्लप टिम र कान्तिपुर टेलिभिजनलाई माफी माग्न चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्