प्रकाश सपूतको नयाँ गीत ‘नमस्कार’ रिलिज



२६ असार २०७७, काठमाडौँ

प्रकाश सपूत निकै नै चर्चित गायक हुन् । उनले गाएका अधिकांश गीतहरुलाई दर्शकले औधी रुचाउने गरेका छन् । भर्खरै मात्र प्रकाशको नयाँ गीत नमस्कार रलिज भएको छ ।

उनले आफ्नो यो गीतमा कोरोनापछि मानिसले भोगिरहेको अवस्था र सबै मानिस बराबर हुन् भन्ने सन्देश दिन खोजेका छन् ।

गीतमा प्रकाशकै शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा प्रकाशको साथमा विराज थापा, किरण मगरको अभिनय हेर्न सकिन्छ । देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा प्रविण भट्टको सम्पादन र अनिल के मानन्धरको छायाङ्कन छ ।

 

प्रतिक्रिया दिनुहोस्