बूढानीलकण्ठ नगरपालिकाको छैठौं नगरसभा सम्पन्न



२५ असार २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । असार १० गते सुरु भएको नगरसभा असार २४ गते सम्पन्न भएको हो ।

नगरसभाले आर्थीक वर्ष ०७७।०७८ को आय व्यय विवरण, आर्थिक ऐन, विनियोजन ऐन समेत पारित गरेको छ । नगरसभाले यस आ.व.मा जम्मा १ अरब ६७ करोड ७८ लाख रुपैयाको बजेट विनियोजन गरिएको हो । नगर सभाले आ.व. ०७७।०७८ लाई लक्षित गरि ८४ वटा महत्वपुर्ण निर्णय समेत गरेको छ ।

बजेटमा पूँजीगत तर्फको सबैभन्दा ठूलो विकास बजेटको रुपमा कपन ह्याण्डबल चौरको पुर्वाधार विकासका निम्ती रु. ८ करोड विनियोजन गरिएको छ भने यस आ.व.को चालु खर्च तर्फ २८ करोड अनुमानित गरिएको छ । साथै नगरपालीकाले कपन क्षेत्रको डुबानको दीर्घकालीन समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट विनियोजन गरिएको छ । विनियोजन ऐन अन्तर्गत वडा गत योजनाको लागि  प्रत्येक वडालाई २ करोड १५ लाखका दरले करिब २८ करोड विनियोजन गरिएको छ ।

०७७/०७८ को आ.व.मा नगरपालिकाले विभिन्न वडामा ३ वटा सार्वजनीक शौचालय बनाउन ३ करोड बजेट विनियोजन गरिएको छ भने प्रत्येक वडामा २ वटा पार्क निमार्णका लागि  डिपिआर बनाउने समेत निर्णय गरिएको छ । यस वर्ष नगरपालिकाले विशेष गरी नगरपालीका भित्रका ठुला सडकहरुमा २० करोड, सार्वनजीक जग्गा संरक्षण तथा पार्क निर्माणमा ३ करोड, खानेपानी संरचना निर्माणमा ३ करोड, कोशेली घर निर्माणमा ३ करोड, जिआइएस हाउस म्यापीङ्ग र घर नम्बरका लागि  ४ करोड, सडक बत्ती योजनामा ४ करोड, नगर अस्पताल भवन निर्माणमा ३ करोड, स्वास्थ्य चौकी पुर्वाधार निर्माणमा २ करोड विनियोजीत गरिएको छ ।

त्यसैगरी शिक्षा तर्फ करिब ५.२५ करोड, महिला, बालबालीका, जेष्ठ नागरिक, युवा, जनजाती, विपन्न, अपाङ्ग क्षेत्रको विकास र शसक्तिकरणका लागि  करिब २ करोड ६० लाख, पर्यटन पुर्वाधार विकासको लागि  ३ करोड, उद्यमशिलता विकासका लागि  ३ करोड, विपद व्यवस्थापन अन्तर्गत कोभिड प्रकोप व्यवस्थापन कोषमा २ करोड सहित जम्मा ५ करोड, शुसासन तथा संगठन संरचनाका लागि  २ करोड ५० लाख विनियोजन गरिएको छ ।

आर्थिक ऐन अन्तर्गत कोभिड १९ ले नगरवासी तथा व्यवसायीलाई परेको समस्यालाई ध्यानमा राखी आ.व. ०७७।०७८ को पहिलो चौमासीक सम्म सोही आर्थीक वर्षको सम्पत्ती करमा १५ प्रतिशत छुट दिइने भएको छ भने व्यवसाय कर तथा बहाल करमा समेत छुटको व्यवस्था गरिएको छ । नगरसभाले सो अवसरमा नगरपालीका भित्र लागु हुने १६ वटा ऐन तथा कार्यविधि समेत सर्वसम्मतीले पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्