‘५-७ बर्ष भयो म राम्रोसँग सुतेकी छैन’ : ज्योति मगर



२५ असार २०७७, काठमाडौँ

ज्योति मगर नेपाली लोक क्षेत्रमा लोकप्रिय नाम हो । उनले धेरै सुपरहिट लोकदोहोरी गीत गाएकी छिन् । तर उनी एकदमै विवादित गायिकाको सुचीमा पनि पर्छिन् । कार्यक्रममा जादाँ लगाएका छोटा पहिरनको कारण होस् वा गीतमा प्रयोग गरेका अलि भल्गर शब्दका कारण उनी विवादमा आइरहेकी हुन्छिन् ।

उनै ज्योति बेला बेलामा सामाजिक सञ्जालमा आफ्नो मनको बह पनि पोख्ने गर्छिन् । हालैमात्र पनि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफू ५-७ बर्षदेखि राम्रोसँग निदाउन नसकेको बताएकी छिन् ।

ज्योतिले लेखेकी छिन्, ‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन । मलाई पनि धेरै कुरा भन्न मन छ । कती धेरै समस्याहरु छन्, जो समाधान भैरहेका छैनन् । तर, म भन्न सकिराखेकी छैन किनकी कतै मेरो समस्या शिल्पा पोखरेलको कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्र बन्यो भने रु’

ज्योतीले आफूले अझै आफूले निन्द्रासँग संझौता गर्नुपर्छ होला समेत भनेकी छिन् । ज्योतीले आफू जस्तै निन्द्रासँग संझौता गरिरहेका अन्य मानिसहरुहरुले आफूसँग कुरा शेयर गर्न सक्ने पनि लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्