आफ्नै कमाइले काठमाडौँमा घर बनाउँदै नायिका पूजा शर्मा



२५ असार २०७७, काठमाडौँ

पूजा शर्मा अहिलेकी सर्वाधिक डिमाण्डेड र महंगी अभिनेत्री हुन् । उनले एक चलचित्र खेलेबापत घटीमा पनि १५ देखि २० लाख लिने गरेकी छिन् । उनै पूजाले आफ्नै कमाइले काठमाडौँमा घर बनाउँदै छिन् ।

हुन त पूजाको अहिले पनि एउटा घर छ । तर त्यो पूजाको आमाबाबाको कमाइको घर हो । अहिले भने पूजाले ललितपुरको एकान्तकुनामा आफ्नै कमाइले ३ तले घर बनाउँदै छिन् ।

लकडाउनको समयमा पनि उनको घर निर्माणको काम भने निरन्तर नै भैरहेको छ । प्राप्त जानकारी अनुसार पूजा नयाँ घरमा आउने दशैँमा सर्ने तयारीमा छिन् । उनले आफ्नो इन्ष्टाग्राममा पनि घर निर्माणको भिडियो सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्