दिपकको आग्रह : ‘दिदिबहिनीले फेसबुकमा आएका कमेन्ट नपढ्नुहोला’



२४ असार २०७७, काठमाडौँ

दिपकराज गिरी धेरै विवादमा आइरहने कलाकारको सुचीमा गनिन्छन् । केहीदिनयता पनि उनले सामाजिक सञ्जालमा दर्शकको नराम्ररी गाली खाइरहेका छन् ।

वास्तवमा दिपाश्री निरौलाले राजेश हमालको महानायक पदमा प्रश्न गरेपछि दिपकले उनको बचाउ गरेका थिए । दिपाको बचाउ गर्दा दिपक आफै नै विवादमा तानिए । यतिबेला धेरै दर्शकले उनलाई आफू नै महानायक बन्न खोजेको भन्दै नराम्ररी गाली गरिरहेका छन् ।

केही प्रयोगकर्ताले त आफ्नो हदबाट बाहिर गएर सुन्नै नसकिने शब्द प्रयोग गरेर पनि गाली गरिरहेका छन् । दिपकले केहीदिन अघि फेसबुकमा स्टाटस लेख्दै आफू यो क्षेत्रमा कहिल्यै महानायक बन्ने सोचले नआएको बताएका थिए । तर उनलाई गाली गर्न दर्शकले छोडेनन् ।

अहिले फेरि उनले एक स्टाटस लेख्दै तस्बिर सेयर गरेका छन् । उनले हरेक गालीको उत्तर मुस्कान नै हो भनेका छन्, दिदीबहिनीले कमेन्ट नपढ्नुहोला भनेका छन् । सायद धेरै गाली गाएर उनले दिदीबहिनीलाई कमेन्ट नपढ्न आग्रह गरेका होलान् । तर धेरै पटक विवादमा आइसक्दा पनि उनी मनमा लागेका कुरा बोल्न छोड्दैनन् । अब बोल्दा यसो विचार पुर्याएर पो बोल्ने हो कि दिपकजी ?

प्रतिक्रिया दिनुहोस्