पुनः विवादमा दुर्गेश : बिच बिचमा २ लाई लाग्यो चोरीको आरोप



२४ असार २०७७, काठमाडौँ

दुर्गेश थापा युवापुस्तामाथ लोकप्रिय गायक हुन् । उनले गाएका प्राय गीतलाई दर्शकले रुचाएका छन् । तर बेला बेलामा उनी विवादमा पनि आउने गरेका छन् । केहीसमय अघि उनले निकालेको ह्यापी तिहार, चिसो बियर बोलको गीत निकै विवादमा आएको थियो ।

अहिले फेरि उनले ल्याएको बिच बिचमा २ मा उनले शब्द चोरेको आरोप लागेको छ ।

उनले ‘लोक पपशैली’मा ‘एउटा फोटो खिच’ गीत उनले सार्वजनिक गरेको केहि दिनमै उनलाई चोरीको आरोप लागेको हो । लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ । दुर्गेशले ‘आकासमै बादलु डम्मै छ’ अन्तरा हुबहु चोरी गरेको आरोप अलि मिया लोक वाङ्मय प्रतिष्ठानको छ । ‘आकासमै बादलु डम्मै छ’ बोलको गीत निकै गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।

गायक दुर्गेशले भने, ‘आफूले सानोमा गाउँघरमा गुनगुनाउँने गर्थे । तर आफुले यो गीत अलि मियाको होला भनेर आफुले गीत बनाएको भने होइन । मैले जानी जानी कसैको गीत चोरेको होइन । मिल्न गएको हो ।’ उनले भने, धेरै गीत धेरै समय लगाएर लेख्छु । मलाई चोरी हाल्नुपर्ने अवस्था पनि होइन । गीत तयार पार्दा लामै समय लाग्यो तर अहिले अर्को गीतसँय संयोग बस् केहि प्रतिशत शब्दहरु मिल्न गयो ।’

प्रतिक्रिया दिनुहोस्