सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ ले बनायो विश्व रेकर्ड



२३ असार २०७७, काठमाडौँ

हिजोमात्र रिलिज भएको सुशान्तको अन्तिम चलचित्र दिल बेचारा को ट्रेलरले विश्व रेकर्ड बनाएको छ ।

वास्तवमा ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको छ ।

फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन् । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ ।

 

प्रतिक्रिया दिनुहोस्