स्वर्गीय अभिनेता सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर रिलिज



२३ असार २०७७, काठमाडौँ

बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतले खेलेको अन्तिम चलचित्र दिल बेचरा को अफिसियल टेलर रिलिज भएको छ ।

उनका प्रशंसकले यसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । त्यसैले त ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् ।

यो अहिले दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्