एलिजाको गुनासो : ‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’



२२ असार २०७७, काठमाडौँ

करिब एक महिनाअघि बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले सुसाइड गरेका थिए । उनको सुसाइडसँगै बलिउडमा नेपोटिज्म र ग्रुपिज्मबारे व्यापक चर्चा सुरु भयो ।

बलिउडमा मात्र नभएर नेपाली कलाकारले पनि यसबारे आफ्नो भनाईहरु राखिरहेका छन् । यस्तै चलचित्र अनुराग बाट रजतपटमा भित्रिएकी नायिका तथा पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले नेपाली सिने जगतमा नेपोटिज्म र ग्रुपिज्म निकै रहेको बताएकी छिन् ।

प्रतिभावान व्यक्तिलाई भन्दा आफ्ना भाइ-भतिजालाई अवसर दिने प्रवृति फिल्म क्षेत्रमा व्याप्त रहेको उनको भनाई छ । ‘अनुराग’ मा आफूले नयाँ प्रतिभालाई अवसर दिएको बताउँदै उनले भनेकी छन्, ‘मैले अडिसनबाटै हिरो लिए पनि दुःख गरेर आएको नयाँ मान्छेलाई ल्याएको हुँ । मैले ठूलो रिक्स मोलेको थिएँ । अरु कसले मोल्न सक्छ त्यस्तो रिक्स रु म अरु जस्तो नाटक गरेर आफ्नो गर्लफ्रेण्ड र ब्वाईफ्रेण्ड झार्दिनँ ।’ आफ्नो पहिलो फिल्म असफल नभए पनि हिम्मत नहारेको उनको भनाई छ ।

उनले आफू पनि नेपोटिज्म र ग्रुपिज्मको शिकार भएको खुलाएकी छन् । आफू विवाहित भएकै कारण कति फिल्मबाट निकालिएको उनी सुनाउँछिन् । एलिजाले हालै एक अन्तर्वार्तामा भनेकी छन्, ‘मलाई राम्रो फिल्मबाट अफर आएको छ भने रातारात त्यहाँ हिरोइन परिवर्तन भइहाल्छ । किनकि, म त विवाहित हुँ । यस्तो कति फिल्ममा भएको छ । तर, नाम चाहिँ लिन्नँ ।’

प्रतिक्रिया दिनुहोस्