‘बिगबोस १४’ का लागि सलमानले बढाए आफ्नो पारिश्रमिक, लिनेछन् १ एपिसोड बराबर १६ करोड



२२ असार २०७७, काठमाडौँ

बिगबोस भारतको सर्वाधिक लोकप्रिय रियालिटी शो हो । बिगबोसको १३ वटा सिजन सकिसकेका छन् । अब क्रियटिभ टिमले बिगबोस सिजन १४ को तयारी गरिरहेको छ ।

अन्य सिजन झैँ बिगबोस १४ लाई पनि सलमान खानले नै होस्ट गर्नेछन् । बिगबोस १४ का लागि सलमानले आफ्नो पारिश्रमिक बढाएका छन् ।

उनले बिगबोस सिजन १३ मा १२ देखि १४ करोडसम्म लिएका थिए भने बिगबोस १४ का लागि उनले एक एपिसोड बराबर १६ करोड लिन लागेको भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्