नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स बीच शेयर निष्काशन सम्झौता



२१ असार २०७७, काठमाडौं

नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड बिच स्थानिय बासिन्दा एवम् सर्वसाधारणमा शेयर निष्काशन एवम् प्रत्याभूती नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ ।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैंयाँ बराबरको शेयर प्रत्याभूत गर्ने सम्झौता भएको हो ।

उक्त प्रत्याभूतीमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्