अनेरास्ववियू भक्तपुर जिल्ला कमिटीले विभिन्न निकायमा ज्ञापन पत्र बुझायो…



२१ असार २०७७, काठमाडौं

अनेरास्ववियू भक्तपुर जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्ड र भक्तपुरका चारै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

भक्तपुर जिल्ला भित्र रहेका निजी शैक्षिक संस्थाहरु र विद्यालयहरुले कोरोना संक्रमणको समयमा विभिन्न पंपञ्चहरु रचेर विद्यार्थी र अभिभावकहरुलाई शुल्क लिने, एसईई परिक्षार्थीहरुको आन्तरिक मुल्यांकन विधिमा पक्षपात नगरी  विद्यार्थीहरुलाई मारमा नपारी बिना पूर्वग्राही भएर मुल्यांकन गर्न र भक्तपुर जिल्ला भित्र हुने/हुन सक्ने शैक्षिक विकृति एवं विसंगतिहरु लगायत शैक्षिक मुद्दाहरुमा केन्द्रित रहेर सुझाव सहितको रचनात्मक र श्रृजनात्मक दवाब श्रृजना सहित ध्यानाकर्षण गर्नको लागि नगरप्रमुखहरु र उपप्रमुखहरुलाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरेको जिल्ला कमिटी सह–संयोजक बिराज थापाले जानकारी दिएका छन् ।

देश पूर्ण रुपमा कोरोना माहामारीका विच जुझी रहेको समयमा शैक्षिक माफियाहरु र दलालहरु चलखेलमा लागेको बताउँदै उनले यस्ता बिकृति रोक्न आफूहरुले ज्ञापन पत्र बुझाएको बताए ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य जयराम बास्तोला, पार्वती शर्मा, पूर्व जिल्ला अध्यक्ष सुमन न्यौपाने, सह–संयोजक विराज थापा, जिल्ला सदस्यहरु हरिशरण बस्नेत, पुष्पराज ढकाल, प्रवेश तिमिल्सिना, दिपेश बिसुन्के लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्