आफूमाथि झुटो आरोप लगाएको भन्दै भुवनले साम्राज्ञी विरुद्ध चलचित्र कलाकार संघमा दिए उजुरी



२० असार २०७७, काठमाडौँ

केहीदिन यता सामाजिक सञ्जालमा भुवन र साम्राज्ञीको चर्को दोहोरी चलिरहेको छ । सुरुमा साम्राज्ञीले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै फिल्ममा काम गर्दा आफूमाथि निकै शोषण भएको बताएकी थिइन् ।

उनको जवाफ दिदैँ भुवनले साम्राज्ञीलाई जुन थालमा खाएको त्यहि थालमा दुलो पारेको बताएका थिए । त्यसपछि फेरि साम्राज्ञीले भिडियो पोष्ट गर्दै भुवनको कारण नै आज आफू बोल्न बाध्य भएको र अब कानुनको परामर्श लिने समेत बताएकी थिइन् ।

साम्राज्ञीले भिडियो पोष्ट गरेको १ घण्टा नबित्दै भुवनले साम्राज्ञी विरुद्ध चलचित्र कलाकार संघ मा उजुरी दिएका छन् । साम्राज्ञीलाई सम्बोधन गर्दै , आफुले नै फिल्ममा डेव्यु गराएको र पितासम्मान मान्छेलाई लान्छाना लाउने भन्ने प्रतिक्रिया दिएका छन् ।

भुवनले सामाजिक सञ्जालमा लेख्दै ,‘ सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति धन्यवादी हुनुहुन्छ भन्नेमा अपेक्षा गर्दछु । ’  उनले थप लेखेका छन् ६ बर्ष अगाडी प्रदर्शन भएर सुपर हिट भएको फिल्म ‘ड्रिम्स्’को कुरा अहिले नगर्न आग्रह गरेका छन् । फिल्म ड्रिम्सको सुटिङको क्रममा पानी खान पाइन, छाता ओड्न पाइन ,सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा आरोप नलाउन आग्रह गरेका छन् । उनले भनेका फिल्म चलेको ३ बर्ष पछि आएर आफु लगायत अरु निर्माताहरुलाई गाली गलौज गरेको देख्दा आश्चर्य लागेको बताए ।

भुवनले थप लेखेका छन्, ‘आफुलाई ब्रेकदिने पितातुल्य व्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्स्टाग्राममा भिडियो बनाइ पोस्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भिर ध्यान आकर्शन भएको छ ।’ उनले अभिनेत्री साम्राज्ञीलाई चेतावनी दिदैँ भने, ‘ अब उप्रान्त तपाईंले म भुवन के सीले विगत चालिस बर्षदेखी नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण गरी आजसम्म यहि चलचित्रको क्षेत्रमा रातदिन कार्यरत रही मैले हाँसिल गरेको मान प्रतिस्ठामा आघात पुग्नेगरी पुनः त्यस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनैपनि सामाजिक सञ्जालमा पोस्ट नगर्न, हुन सुचित गर्दछु !’

साथै भुवनले आफ्नो मान हानी गर्ने कोशिस गरेकाले साम्राज्ञीले कानुन बमोजिम कारवाही र क्षतिपूर्ति पनि तिर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्