विवादमा आएपछि माफी माग्दै दिपाले भनिन्, ‘राजेश हमाल सुपरस्टार नै होइनन् भन्ने हैसियत मेरो थिएन’



२० असार २०७७, काठमाडौँ

निर्देशक तथा कलाकार दिपाश्री निरौलाले केहीदिन अघिमात्र एक अन्तवार्तामा राजेश हमाल महानायक हुन् र ? भनेर प्रश्न गरेकी थिइन् । उनको बोली उनलाई नै निकै भारी पर्न गयो । राजेश हमाल अहिले पहिले जस्तो चलचित्र खेल्दैनन् । तर यसको मतलब यो होइन कि राजेशका फ्यान घटेका छन् ।

आज पनि राजेशलाई माया गर्ने दर्शक उत्तिकै छन् । जसका कारण दिपाको कुरा उनीहरुलाई मन परेन र दिपाको चर्को आलोचना गरिरहेका छन् । दिपालाई केही दर्शकले निकै नै अपशब्द प्रयोग गरेर समेत गाली गरे । अत्याधिक आलोचित भएपछि दिपाले फेसबुकमा स्टाटस लेख्दै राजेशका फ्यानसँग माफी मागेकी थिइन् ।

उनले राजेशलाई सुपरस्टार नभन्ने आफ्नो औकात नै नभएको बताएकी छिन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छन्–‘मैले चलचित्र क्षेत्रका महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषय परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पिर मर्कामा सहयोगी किन हुन सक्नुभएन भन्ने आशले बोलेकी हुँ ।’

उनले काठमाडौंमा पाउरोटी पनि खान नसक्ने अवस्थाबाट आफूले संघर्ष गरेको भन्दै टुप्पोबाट नपलाएको पनि स्पष्ट पारेकी छन् । उनले राजेश हमाल सधैं सुपरस्टार नै रहेको भन्दै उनले हमाललाई भगवान् नै बनाउने पक्षमा आफू कहिल्यै नभएको पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्