युट्युब पत्रकारमाथि आक्रोशित हुदैँ साम्राज्ञीले भनिन्, ‘हेडलाइन बङ्ग्याएर कलाकारको बेइज्जत गरेर पैसा कमाउँछन्’



१७ असार २०७७, काठमाडौँ

केहीदिन यता अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक सञ्जालमा खुबै सक्रिय भैरहेकी छिन् । उनले दिनमा एउटा जस्तो भिडियो पोष्ट गरिरहेकी छिन् । केहीदिन अघिमात्र साम्राज्ञीले फिल्ममा काम गर्दा आफूमाथि निकै शोषण भएको बताएकी थिइन् ।

त्यसपछि भुवन केसीले स्टाटस लेख्दै उनलाई जवाफ दिएपछि उनले फेरि भुवनलाई भिडियो मार्फत नै जवाफ दिएकी थिइन् । अहिले फेरि उनले एक भिडियो बनाएर युट्युबर पत्रकारदेखि आक्रोश पोखेकी छिन् ।

यतिबेला उनलाई अन्तवार्ताका लागि निकै नै फोन आइरहेको छ । तर उनी अन्तवार्ता दिन गएकी छैनन् । उनले आफूले अन्तवार्ता दिन नचाहेको बताएकी छिन् । साम्राज्ञीले भिडियोमा अन्तवार्ता दिन नचाहेको कारण पनि खुलाएकी छिन् । उनले युट्युबर पत्रकारहरुले अन्तवार्तामा बोलाउने र बोलेको भन्दा फरक कुरा हेडलाइन राख्ने गरेको बताएकी छिन् ।

यस्ता युट्युवरबाट आफुलाई आफु वाक्क दिक्क भएको र युट्युवको हेडलाईन देखेर टाउको दुख्ने र औषधी नै खानु पर्ने बताएकी छन् ।

उनले युट्युबरहरुको कारण आफ्नो धेरै नै बेइज्जत भैसकेको बताएकी छिन् । त्यतिमात्र नभएर उनले युट्युबरहरुले कलाकारको बेइज्जत गराएर पैसा कमाउने गरेको आरोप समेत लगाएकी छिन् ।

उनले भनेकी छिन्, ‘मलाई मात्र होइन धेरै कलाकारहरुलाई यस्तै बनाइरहेका छन् । हामीलाई नराम्रो बनाएर पैसा कमाउने । बरु हामीलाई पनि पैसा देउ । लाइसेन्स छ की छैन थाहा छैन तर क्यामेरा र माईक बोक्या छ अन्तरवार्ता भन्या छ । ’

उनले खुलेर युट्युवरको चर्को आलोचना गरेकी छन् । उनको बोलीमा युट्युवर माथी शब्दका प्रहार भएका छन् । बरु आफै युट्युव चलाएर बस्नुपर्ला पैसा पनि आउने रहेछ भन्दै युट्युव माथी व्यङ्ग्य गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्