सुशान्त आत्महत्या प्रकरण : मुम्बई पुलिसले पठायो ट्वीटरलाई यस्तो पत्र



१६ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको थप अनुसन्धान गर्नको लागि मुम्बई पुलिसले ट्वीटरलाई लेटर पठाएको छ ।

प्रहरीले सुशान्तको ६ महिनाको ट्वीटर रेडर्क मागेको छ ।

सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको छ । प्रहरीले आत्महत्याको कारण पत्ता लगाउने कोशिश गरेको जनाइएको छ ।

भारतीय मिडियाका अनुसार सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले केही ट्वीट पोस्ट गरेर हटाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सुशान्तको एक ट्वीटको स्क्रिनशट सामाजिक सञ्जालमा शेयर भइरहेको छ । उक्त ट्वीट वास्तविक हो या फेक हो भनेर पनि प्रहरीले प्रमाण जुटाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्