सुशान्तको यादमा ५५० परिवारलाई खाना खुवाउँदै नायिका भूमि पेड्नेकर



१५ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको आज १६ दिन पुरा भैसकेको छ । तर उनको चर्चा अझै सेलाएको छैन । सुशान्तसँग काम गरेका कलाकारले उनलाई सम्झिरहेका छन् ।

यसैबिच सुशान्तसँग चलचित्र सोनचिरैया मा काम गरेकी नायिका भूमि पेड्नेकरले सुशान्तको सम्झनामा निकै पूण्यको काम गर्ने भएकी छिन् ।

भूमिले अभिषेक कपुरकी श्रीमती प्रज्ञासँग मिलेर द अर्थ फाउन्डेशनमार्फत् ५ सय ५० खाँचोमा परेका परिवारलाई खाना खुवाउने भएकी छिन्  । यसको जानकारी उनले इन्स्टाग्रामको एउटा पोस्टमार्फत् दिइन् ।

सुशान्तको फोटोसहित भूमिले लेखिन्, ‘मैले ‘एक साथ फाउन्डेशन’ मार्फत् आफ्ना प्रिय साथीको यादमा ५५० गरिब परिवारलाई खाना खुवाउने संकल्प गरेकी छु । आउनुहोस्, हामी साथ मिलेर खाँचो परेका व्यक्तिहरुप्रति दया र प्रेम देखाऔं किनभने अहिले उनीहरुलाई यसको सबैभन्दा धेरै खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्