आक्रोशित हुदैँ भुवनले दिए साम्राज्ञीलाई यस्तो जवाफ, ‘जुन थालमा खाने त्यहि थालमा दुलो पार्ने’



१५ असार २०७७, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केहीदिन अघि सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै फिल्ममा काम गर्दा आफूले धेरै शोषण सहेको बताएकी थिइन् । उनले भिडियोमा निर्माता निर्देशकले आफूलाई अपशब्द प्रयोग गरेको, हेला गरेको बताएकी थिइन् ।

उनलाई भुवन केसीले गतिलो जवाफ दिएका छन् । हुन पनि साम्राज्ञी भुवन केसीकै फिल्म मार्फत यस क्षेत्रमा भित्रिएकी हुन् । त्यसैले पनि उनलाई साम्राज्ञीको कुराले नराम्रो लाग्यो । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्राज्ञीलाइ जवाफ दिएका छन् ।

आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा भुवनले साम्राज्ञीलाई लक्षित गर्दै ‘ जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ’ भन्दै आक्रोस पोखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् रु जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी ?’

प्रतिक्रिया दिनुहोस्