अन्तवार्तामा १४ जिल्ला ७२ प्रदेश भनेपछि विवादमा तानिइन् नायिका पूजा शर्मा



१४ असार २०७७, काठमाडौँ

पूजा शर्मा पछिल्लो समयकी निकै नै चर्चित नायिका हुन् । उनलाई पछिल्लो समयमा नेपालकी महंगी नायिकाको रुपमा पनि लिइन्छ । उनै पूजा यतिबेला ३ महिना अघि पूजाले दिएको एक अन्तवार्ता निकै नै भाइरल भैरहेको छ ।

पूजाले एक अन्तवार्तामा नेपालमा १४ जिल्ला र ७२ प्रदेश भएको बताएकी थिइन् । यहि वाक्यका कारण पूजालाई यतिबेला दर्शकले निकै आलोचना गरिरहेका छन् । धेरैले स्कुलदेखि नै पढाइने कुरा पनि याद नभएको भन्दै पूजाको मजाक उडाइरहेका छन् ।

यतिधेरै फ्यान कमाइसकेकी पूजाले बोल्नु अघि एकपटक होस भने पुर्याउनु पर्ने थियो । त्यहि हतासमा बोलेको एक वाक्यका कारण अहिले उनी दर्शकको मजाकको पात्र बनिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्