आफ्नै घरमा सुटिङ गर्दै शाहरुख खान



१३ असार २०७७, काठमाडौँ

कोरोनाका कारण लामो समयदेखि लकडाउन भएको छिमेकी देश भारतमा अझैपनि राम्रोसँग लकडाउन खुलेको छैन । बाहिर निस्केर सहज तरिकाले काम गर्ने तरिका अहिले पनि छैन ।

तर अब धेरै सेलिब्रेटीहरुले घरबाटै रोकिएका कामहरु गर्न थालेका छन् । बलिउडका बादशाह शाहरुख खानले पनि घरमै बसेर छायांकन गरेका छन् । उनले कुनै प्रोजेक्ट वा चलचित्रको छायांकन गरेका हुन् त्यो भने खुलाएका छैनन् ।

तर भिडियोमा उनी निकै उत्साहित भने देखिएका छन् । धेरै समयदेखि शाहरुखको कुनै प्राजेक्टको तयारीमा रहेका उनका फ्यानहरु पनि शाहरुख काममा फर्कन लागेको देखेर निकै नै खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्