सुशान्तका पिताको खुलासा, ३ बर्षको भाकलपछि जन्मिएको थियो सुशान्त



१३ असार २०७७, काठमाडौँ

सुशान्तको निधनपछि निकै पिडामा रहेको उनको परिवार अझैपनि त्यो पिडाबाट बाहिर निस्कन सकेको छैन । सुशान्तको निधनपछि धेरै कुराको खुलासा भैरहेको छ । हालै दिएको एक अन्तवार्तामा सुशान्तका पिताले सुशान्तको बारेमा केही बताएका छन् ।

सुशान्त परिवारको एक्लो छोरा थिए । ४ वटी दिदीहरुपछि ३ बर्ष भाकल गरेपछि उनको जन्म भएको उनका पिताले बताए । सुशान्तलाई उनी भगवानको उपहार मान्दथे । उनले भने, ‘धेरै भाकल गरेपछि जन्मिएको थियो । तीन वर्ष भाकल गरेको थिएँ, उसको लागि । चार छोरी र एक छोरा । र जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।’

सुशान्तले आफू जन्मेको क्षेत्र बिहारको लागि धेरै का मगर्न चाहन्थे । त्यहाँ समस्यामा परेका मानिसहरुलाई उद्धार गर्नु उनको सपना नै थियो । तर त्यसको लागि उनले समय पाइरहेका थिएनन् । सुशान्तले आफ्नो आन्तरिक समस्याबारे भने परिवारलाई कहिल्यै केहीपनि भन्ने नगरेको सुशान्तको पिताले बताएका छन् ।

सुशान्तका पिताले थपे, सुशान्तले चन्द्रमामा जग्गा किनेको थियो ।  जग्गा हेर्नका लागि उसले ५५ लाखको टेलिस्कोप खरिद गरेको थियो । उसले त्यो टेलिस्कोपबाट आफ्नो जग्गा हेरिरहन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्