सुशान्तका पिताको खुलासा, विवाहको तयारीमा थिए सुशान्त…



१२ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गत जुन १४ मा आत्महत्या गरेका थिए । उनको निधनपछि धेरै कुराहरु बाहिर आइरहेका छन् । हालैमात्र एक अन्तवार्तामा सुशान्तका पिताले सुशान्तबारे नयाँ कुराको खुलासा गरेका छन् ।

सुशान्तका पिताले सुशान्त विवाहको तयारीमा रहेको खुलाएका छन् । २०२१ को सुरुवातमा नै उनको विवाह गर्ने योजना भएको सुशान्तका पिताले बताए । सुशान्तले केटीको नाम भने आफ्ना पितालाई भनेका थिएनन् ।

तर उनको नायिका रिया चक्रवर्तीसँग प्रेम भएको सार्वजनिक भएको थियो । पछिल्लो समयमा सुशान्त निकै कम बोल्ने गरेको पनि सुशान्तका पिताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्