१६ बर्षे बलिउड टिकटक स्टार सियाले गरिन् आत्महत्या, आत्महत्या अगाडी सेयर गरेकी थिइन् यस्तो भिडियो



१२ असार २०७७, काठमाडौँ

बलिउड टिकटक स्टार सिया कक्कडले आत्महत्या गरेकी छिन् । उनको आत्महत्याको खबरले यतिबेला सबैजना चकित छन् । आत्महत्या गर्नुभन्दा केही घण्टाअघिसम्म सामाजिक सञ्जालमा सक्रिय देखिएकी सियाले अचानक उठाएको यस्तो कदमले सबैको होस उठाएको छ ।

भारतीय मिडियाले बताएअनुसार उनले बुधबार राति १२ बजे आत्महत्या गरेकी हुन् । तर उनका पिताले उनलाई भोलिपल्ट बिहान ९ बजे झुण्डिरहेको अवस्थामा देखेका थिए ।

प्राप्त जानकारी अनुसार उनलाई केही दिनदेखि निकै धम्कीहरु आइरहेका थिए । तर उनको निधनको वास्तविक कारण भने अझैपनि खुल्न सकेको छ्रैन । चाडै नै सिया ठूलो प्रोजेक्टमा देखिने तयारीमा थिइन् । तर त्यो सम्भव भएन ।

प्रतिक्रिया दिनुहोस्