आलिया, सोनाक्षी, सोनमको पुरानो तस्बिर सेयर गर्दै कगंनाले लेखिन्, ‘करन जोहरले भन्थे स्टारकिड सुन्दर देखिन्छन्’



११ असार २०७७, काठमाडौँ

अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउड नायिका कगंना रनावतले पनि नातावाद र परिवारवाद विरुद्ध विभिन्न क्याम्पहरु चलाइरहेकी छिन् । उनले बेला बेलामा सामाजिक सञ्जालमा भिडियोहरु पनि अपलोड गरिरहेकी हुन्छिन् ।

उनले आफ्नो भिडियोमा विभिन्न बलिउड हस्तिहरुलाई निशाना बनाइरहेकी हुन्छिन् । एउटा पुरानो बयानमा करनले स्टारकिड्स आउटसाइडरभन्दा धेरै राम्रा हुने बताएका थिए । यसको जवाफमा कंगनाले स्टारकिड्सका केहि पुरानो तस्बिर सेयर गरेकी छन् जसमा सबैजना निकै मोटा देखिएका छन् ।

यो सेयर गर्दै कंगना रनौट लेख्छिन्, ‘केहि मानिसहरुले भनिरहेका छन् कि यो बडी सेमिङ हो । तर होइन, यो रियालिटी चेक हो, मुभी माफियाका लागि । करन जोहर जस्ता मानिसहरुले भन्छन् कि आउटसाइडर्स ९बाहिरका मानिसहरु० स्टारकिड्स ९सेलिब्रिटीका छोराछोरी० जति राम्रो हुँदैनन् । तर यसो भन्नु उनको गल्ती होइन । मानिसहरुलाई ब्रेनवासबाट जगाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्